Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

भाटभटेनीको नरिवलमा ढुसी

१९ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

भाटभटेनीको नरिवलमा ढुसी

काठमाडौं महानगरपालिका–११, त्रिपुरेश्वरमा रहेको भाटभटेनी सुपरमार्केटमा बिक्रीका लागि राखिएका नरिवलमा ढुसी भेटिएको छ । महानगर प्रहरी बल र खाद्य प्राविधिक टोलीले आज भाटभटेनीको अनुगमन गर्ने क्रममा ढुसी परेका नरिवल फेला परेका हुन् ।

महानगरका अनुसार भाटभेटनीमा प्याक गरिएका र बिक्रीका लागि राखिएका नरिवलबारे गुनासो आएको थियो । त्यसपछि अनुगमन गर्दा नरिवलमा खानै नमिल्ने ढुसी भेटिएकोले नष्ट गरिएको महानगरले जनाएको छ । महानगरले आवश्यक कारबाहीका निम्ति कृषि तथा पशुपंक्षी विभागमा पठाएको पनि जानकारी दिएको छ ।