Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

एनपीएलमा जनकपुरको लगातार तेस्रो जित

२० बिहिबार , मंसिर २०८१९ महिना अगाडि

एनपीएलमा जनकपुरको लगातार तेस्रो जित

नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित हासिल गरेको छ । आजको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गरेको हो ।

पोखराले दिएको १ सय ३९ रनको लक्ष्य जनकपुरले १७ बल अघि नै ३ विकेट गुमाएर भेटाएको थियो । जनकपुरका लागि लाहिरु मिलान्थाले ४५, आशिफ शेखले ३३ र जेम्स निशमले नटआउट ४० रन बनाएका थिए भने जनकपुरका लागि ललित राजवंशीले तीन विकेट लिएका थिए ।

त्यस्तै पोखराका विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले एक/एक विकेट लिएका थिए । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन बनाएको थियो । पोखराका मार्कस क्रिचलीले सर्वाधीक ३५ रन बनाए ।