Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

गाँजासहित अटो नियन्त्रणमा

२१ शुक्रबार , मंसिर २०८१९ महिना अगाडि

गाँजासहित अटो नियन्त्रणमा

 सुनसरी जिल्लाको बर्जु गाउँपालिका–६ स्थित चिम्डी बजारबाट करीब ३५ किलोग्राम गाँजासहितको अटो सशस्त्र प्रहरीले मंसिर २० गते नियन्त्रणमा लिएको छ ।
    विराटनगरबाट चिम्डीतर्फ आउँदै गरेको को १ ह ९३३३ नम्बरको अटोबाट सशस्त्र प्रहरी बल, नेपाल विओपी साहेवगंजको चेकप्वाईन्ट टोलीले गाँजा फेला पारेपछि अटो नियन्त्रणमा लिएको हो । अटोरिक्साका चालक सशस्त्र प्रहरीलाई देख्नासाथ अटो सोही ठाउँमा छाडी फरार भएका थिए । 
    नियन्त्रणमा लिईएको अटो र गाँजा आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।