Advertisement Banner
Advertisement Banner

०६ शुक्रबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

२४ सोमबार , मंसिर २०८१८ महिना अगाडि

ट्याक्टर दुर्घटनामा एक युवकको मृत्यु

लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका–६ मा ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । दुर्घटनामा परि दुधपोखरी गाउँपालिका–२, भुम्लिचोक घर भएका २५ वर्षीय मेगराज लामाको मृत्यु भएको हो ।

लमजुङको मर्स्याङ्दी गाउँपालिका–६, ठूलोबेँसी गाउँको भित्रि सडक खण्डमा ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।  प्रहरीका अनुसार लमजुङ जिल्लाको सदरमुकाम बेसी सहरबाट बिहेको सामान बोकेर ताराचोक गाउँतर्फ जाँदै गरेको ग १ त ६१४१ नम्बरको ट्याक्टर आज बिहान अनियन्त्रित भइ दुर्घटना भएको बताइएको छ ।

ट्याक्टर सडकदेखी १५ मिटर तल खस्दा सोही ट्याक्टरमा च्याप्पिएर लामाको मृत्यु भएको थियो । भुम्लिचोक घर भएका २५ वर्षीय मृतक लामा ट्याक्टरको सह–चालक हुन् भने ट्याक्टर चालक धादिङ जिल्ला बेनिघाट गाउँपालिका–६ बस्ने २८ वर्षीय गणेशमान चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।