Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

२६ बुधबार , मंसिर २०८१एक बर्ष अगाडि

उपत्यकामा चिसाे बढ्याे, न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस

काठमाडाैँ उपत्यकाकाे तापक्रम निरन्तर घटेसँगै चिसो बढेकाे छ । अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले तापक्रम घटिरहेकाे र बिहान उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो ।

उपत्यकामा निरन्तर चिसो बढिरहेको यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार आज दिउँसो अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बिच रहने बताइएकाे छ ।

आज बिहान कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहनुका साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । त्यसैगरि दिउँसो कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएकाे छ ।

आज दिउँसाे केहि स्थान बाहेक माैसम सफा रहने भएता पनि राति कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने विभागकाे भनाइ रहेकाे छ । 

त्यसैगरि बिहानकाे समयमा तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन,यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बन्धित सबैमा विभागले अनुरोध गरेको छ ।