Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

पत्रकार महासंघको निर्वाचनको तयारी पूरा

२७ बिहिबार , मंसिर २०८१एक बर्ष अगाडि

पत्रकार महासंघको निर्वाचनको तयारी पूरा

नेपाल पत्रकार महासंघले भाेलि मंसिर २८ गते हुने तीनै तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । नयाँ नेतृत्व चयनका लागि केन्द्रीय समिति, १० प्रदेश समिति र ७७ जिल्ला शाखा तथा ४१ प्रतिष्ठान शाखामा भाेलि निर्वाचन हुँदैछ ।

निर्वाचनका लागि तीनै तहमा उम्मेदवार मनोनयनको प्रक्रिया सम्पन्न भइसकेकाे छ । केन्द्रीय निर्वाचन समितिले केन्द्रीय समितिका पदाधिकारी तथा सदस्य र लेखा समितिका लागि मतपत्र छापेर प्रदेश निर्वाचन समितिमार्फत शाखाहरुमा पुर्‍याइसकेको बताएकाे छ ।

निर्वाचनका लागि केन्द्रीय पदाधिकारीका लागि हल्का निलो, प्रदेशबाट निर्वाचित हुने केन्द्रीय सदस्यका लागि सेतो र अन्य केन्द्रीय सदस्य तथा लेखा समितिको लागि हल्का गुलावी रङको मतपत्र गरि ३ वटा मतपत्र रहेको छ । प्रदेश कार्यसमिति र शाखा कार्यसमितिले मतपत्रको ढाँचा र रङ आफैं छनोट गर्नेछन् ।

मतदानका लागि मतदानस्थलमा जाँदा आफ्नो परिचय खुल्ने म्याद भएको महासंघद्वारा जारी परिचयपत्र वा सूचना तथा प्रशारण विभागद्वारा जारी परिचयपत्र वा नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा नेपाल सरकारद्वारा जारी गरिएको परिचय खुल्ने तस्बिर सहितको परिचयपत्रका साथ उपस्थित हुनुपर्ने छ ।

महासंघले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सम्पूर्ण मतदाता सदस्य तथा सरोकारवाला पक्षहरुलाई अनुरोध गरेको छ ।