Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रविलाई कास्की अदालतमा उपस्थित गराइयो

२७ बिहिबार , मंसिर २०८१८ महिना अगाडि

रविलाई कास्की अदालतमा उपस्थित गराइयो

पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की अदालतमा उपस्थित गराइएको छ । कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई यसअघिको ४ दिनको म्याद सकिएपछि प्रहरीले फेरी म्याद थपका लागि अदालतमा उपस्थित गराएको हो ।

पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति लामिछानेलाई अनुसन्धानका लागि यसअघि छैठौं पटक म्याद थप भइसकेको छ । उनीमाथि सहकारी ठगी, संगठित अपराध, सम्पत्ति शुद्धीकरण लगायतका मुद्दामा अनुसन्धान भइरहेको छ ।

रास्वपा सभापति लामिछाने झण्डै २ महिनादेखि कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेलाई पर्सामा बयान गराएर हिजो हवाई मार्गबाट काठमाडौं हुँदै पोखरा लगिएको थियो ।