Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

एम्बुलेन्सको दुरुपयोग गरेमा कारबाही गर्ने चेतावनी

२८ शुक्रबार , मंसिर २०८१२ बर्ष अगाडि

एम्बुलेन्सको दुरुपयोग गरेमा कारबाही गर्ने चेतावनी

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एम्बुलेन्सको दुरुपयोग गरेमा कारबाही गर्ने चेतावनी दिएको छ ।

एम्बुलेन्सको दुरुपयोग भएको गुनासो प्राप्त भएको भन्दै मन्त्रालयले अनुगमनको क्रममा प्रमाणित भएमा निलम्बनदेखि दर्ता खारेजसम्म गरिदिने बताएको हो ।

मन्त्रालयले ‘राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८’ का प्रावधानहरु अनिवार्य रुपमा पालना गर्दै एम्बुलेन्स सञ्चालन गर्न भनेको छ ।

‘हाल देशका विभिन्न स्थानहरुमा एम्बुलेन्स सेवाको दुरुपयोग भएको गुनासोहरु प्राप्त भइरहेकाले यस मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘अनुगमन गर्दा एम्बुलेन्स सेवाको दुरुपयोग भएको प्रमाणित भएमा सम्बन्धित एम्बुलेन्सलाई सचेत गराउनदेखि निलम्बन र खारेजीसम्मको प्रक्रिया अगाडि बढाउने व्यवस्था छ ।’

कोही कसैले एम्बुलेन्सको दुरुपयोग गरेको थाहा भएमा मन्त्रालयलाई जानकारी गराउन पनि अनुरोध गरिएको छ ।