Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

बुढेसकालमा मन्त्रीले गरे बिहे

२८ शुक्रबार , मंसिर २०८१८ महिना अगाडि

बुढेसकालमा मन्त्रीले गरे बिहे

सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री बहादुर सिंह थापा वैवाहिक जीवनमा बाँधिएका छन् । नेपाली काँग्रेसका नेतासमेत रहेका उनले आज विवाह गरेका हुन् ।

झण्डै ६० वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी अधबैंसे भावना विष्टसँग बिहे गरेको बताइएको छ । बुढेसकालमा विवाह बन्धनमा बाँधिएका उनलाई सुदूरपश्चिम प्रदेशसभा सदस्य एंव पूर्वमन्त्री समेत रहेका प्रकाश देउवाले बधाई दिएका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिलामन्त्री माननीय बहादुर सिहं थापा र भावना बिष्ट वैवाहिक सम्बन्धमा बाँधिनु भएकोमा हार्दिक बधाईसहित सुखद र सफल दाम्पत्य जीवनको शुभकामना ।’