Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

एनपिएलको पहिलो खेलमा काठमाडौं गुर्खाजको जित

३० आइतबार , मंसिर २०८१एक बर्ष अगाडि

एनपिएलको पहिलो खेलमा काठमाडौं गुर्खाजको जित

नेपाल प्रिमियर लिग(एनपिएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौं गुर्खाजले जित निकालेको छ । काठमाडौँको कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान ९ बजेदेखि सुरु भएको खेलमा विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजले जित निकालेको हो ।

आजको खेलमा विराटनगर किंग्समाथि काठमाडौं गुर्खाजले १ विकेटको रोमाञ्चक जित निकालेको छ । जितका लागि १ सय १८ रनको लक्ष्य पाएको काठमाडौं गुर्खाजले १८.१ ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

दोस्रो खेल दिउँसो १ बजे पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ ।