
काठमाडौं महानगरपालिकाका पूर्व मेयर पीएल सिंहको निधन भएको छ । पूर्वमन्त्री समेत रहेका सिंहको ८५ वर्षकाे उमेरमा आज बिहान ठमेलको चाक्सीबारीस्थित निवासमा निधन भएको हो ।
वि.सं. २०४९ सालको स्थानीय तह निर्वाचनमा चुनाव जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए । लामो समयदेखि स्वसास्थ्यमा समस्या भएका सिंहकाे गतवर्ष पेटको शल्यक्रिया गरिएको थियो ।
पछिल्लाे समय कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय थिए । वर्तमान उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा बस्दै आएका सिंहको निधन प्रकाशमान निवासमै भएको हो ।