Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

पत्रकार महासंघमा नयाँ नेतृत्वमा पहिलो पटक महिला

०१ सोमबार , पौष २०८१२ बर्ष अगाडि

पत्रकार महासंघमा नयाँ नेतृत्वमा पहिलो पटक महिला

नेपाल पत्रकार महासंघको मंसिर २८ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा पहिलो पटक महिला निर्वाचित भएकी छन् । नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त व्यावसायिक प्यानलबाट उम्मेदवारी दिएकी निर्मला शर्मा महासंघको अध्यक्षमा  निर्वाचित भएकी हुन् ।

केन्द्रीय निर्वाचन समितिले आइतबार राति शर्मालाइ विजयी घोषणा गरेको हो । निर्वाचित अध्यक्ष शर्माले ४ हजार २ सय ८२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी प्रेस सेन्टर नेपाल, प्रेस युनियनको असन्तुष्ट समूहलगायतका श्रमजीवी पत्रकारको प्यानलबाट उम्मेद्वारी दिएका रमेश विष्टले ३ हजार २सय ३ मत पाएका थिए ।

त्यसैगरि वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २ सय ३० मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रोशन पुरीले २ हजार ८ सय ८६ मत पाएका थिए । उपाध्यक्ष महिलातर्फ नितु पण्डित ४ हजार ७सय ५ मत सहित विजयी भएकी छन् ।

त्यस्तै अन्य पदाधिकारीहरूमा समावेशी उपाध्यक्ष उमेद बागचन, महासचिव रामप्रसाद दाहाल, सचिव रमेश खतिवडा, महिला सचिव सोनी शर्मा, जनजाति सचिव सविन प्रियासन, मधेस सचिव अशोक तिवारी, दलित सचिव प्रकाश धौलाकोटी, एसोसिएट सचिव वैकुण्ठराज पराजुली र कोषाध्यक्ष रामकृष्ण अधिकारी निर्वाचित भएका छन् ।

महासंघको केन्द्रीय समिति, १० प्रदेश समिति, ७६ जिल्ला शाखा र ४१ प्रतिष्ठान शाखाको नेतृत्व चयनका लागि मंसिर २८ गते शुक्रबार निर्वाचन भएकाे थियाे ।