Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आज सातौँ राष्ट्रिय झण्डा दिवस

०१ सोमबार , पौष २०८१८ महिना अगाडि

आज सातौँ राष्ट्रिय झण्डा दिवस

आज सातौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ । आज काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍याली निकालेर राष्ट्रिय झण्डा दिवसको मनाइएको हो ।

संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रूपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज सातौँ झण्डा दिवस मनाइएको हो । हरेक वर्ष पुस १ गतेलाई राष्ट्रिय झण्डा दिवसको रुपमा मनाउने गरिन्छ ।

सातौँ राष्ट्रिय झण्डा दिवसको आवसरमा राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले पुस १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताएका थिए ।