Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

मनकामना केबलकार २ दिन बन्द

०१ सोमबार , पौष २०८१एक बर्ष अगाडि

मनकामना केबलकार २ दिन बन्द

आज पुष १ र भोलि २ गते दुई दिन मनकामना केबलकार बन्द हुने भएको छ । मनकामना केबलकारको टावर मर्मतका लागि भन्दै केबलकार सेवा २ दिन बन्द गरिएको हो ।  

मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गर्दै सेवा बन्दको जानकारी गराएको हो । सूचनाअनुसार पुस ३ गते बुधबारदेखि केबलकार पुनः सेवा सुरु हुने बताइएको छ ।

त्यसैगरी उक्त केबलकार सेवा बन्द भए पनि बटम स्टेसनमा रहेको रेष्टुरेन्ट सेवा भने यथावत् सञ्चालन हुने प्रालिले जनाएको छ ।