Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विष्णुमती करिडोर आसपासका अवैध संरचना हटाइयो

०२ मंगलबार , पौष २०८१८ महिना अगाडि

विष्णुमती करिडोर आसपासका अवैध संरचना हटाइयो

काठमाडौँको टोखा नगरपालिका-३, विष्णुमती करिडोर आसपासमा रहेका अवैध संरचना हटाइएको छ । नगरपालिकाले पुष १ गतेदेखि सामुदायिक सेवा केन्द्र, सार्वजनिक जग्गाहरूमा निर्माण गरी सञ्चालनमा रहेका टहरा तथा पसलहरू हटाएको हो ।

टोखा नगरपालिकाले टोखाको वैकल्पिक मार्ग गोंगबुदेखी बुढानीलकण्ठ नगरपालिकाको सिमानासम्म सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका अवैध संरचना हटाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले जानकारी दिएका छन् ।

नगरपालिका अन्तर्गतको सार्वजनिक जग्गा संरक्षण समितिको निर्णय अनुसार पुष १ गते सोमबार बिहान ७ बजेदेखि अवैध संरचनाहरू भत्काउन सुरु गरिएको बताइएको छ ।