Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा अब २००० छुट

०५ शुक्रबार , पौष २०८१एक बर्ष अगाडि

आइएमई पे एपबाट IELTS टेस्टको शुल्क भुक्तानीमा अब २००० छुट

काठमाडौंपौष २२०८१ नेपालको पहिलो डिजिटल वालेट "आइएमई पे"ले IELTS टेस्टको शुल्क भुक्तानीमा रु. १००० छुट सुविधालाई हालै सार्वजनिक गरेको थियो। सो  सुविधालाई अझ  परिस्कृत गर्दै सेवाग्राही माझ प्रवर्दन गर्नको लागि आइएमई पेले IELTS टेस्ट शुल्कमा फ्ल्याट रु. २००० क्यासब्याक प्रदान गर्ने योजना सार्बजनिक गरेको छ । सेवाग्राहीहरुले यो क्यासब्याक सुविधा यही पौष ५ गते सम्म प्राप्त गर्न सक्नेछन् भने पहिले सार्वजनिक भएको अफर अनुसार रु १००० छुट सुबिधा निरन्तर चलिरहने छ  ।

 यो नयाँ सेवा मार्फत अब प्रयोगकर्ताले समय र मेहनत बचाइ आइएमई पे एप मार्फत आफ्नो IELTS परिक्षा शुल्क सहजै तिर्न सक्नेछन्। प्रयोगकर्ताहरुले IELTS को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, IELTS UKVI को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, Life Skills A1/A2, B1 को निम्ती भुक्तानी गर्न सक्नेछन्। 

 आइएमई पे एपबाट IELTS टेस्टको मिति बुक गर्न र शुल्क भुक्तानी गर्न प्रयोगकर्ताहरुले एपको होमपेजमा "वाट्स निउ" भागमा "IELTS टेस्ट बुकिङ" मा गइ सोधिएको विवरण भरेर गर्न सक्नेछन्।