
प्रहरीले हत्या गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा ईश्वरपुर नगरपालिका-१२ घारिबथान बस्ने ४८ वर्षीय बीरबहादुर मोक्तानलाई पक्राउ गरेको हो ।
लालबन्दी नगरपालिका-१५ तीनतले देउराली बस्ने ६५ वर्षीया विष्णुमाया बम्जनलाई मंसिर २८ गते राति ढुंगा प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट परवानीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
ढुंगा प्रहारबाट घाईते भएको विष्णुमायाको लालबन्दीस्थित म्याक्स हस्पिटलमा थप उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको थियो । प्रहरीले मोक्तानलाई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।