Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

लागूऔषध बेचबिखन गर्ने पक्राउ

०७ आइतबार , पौष २०८१५ महिना अगाडि

लागूऔषध बेचबिखन गर्ने पक्राउ

किराना पसलमा अवैध लागूऔषध बेचबिखन गरेको आरोपमा एक जनालाई सशस्त्र प्रहरी बलको टोलीले पक्राउ गरेको छ । वीरगञ्जको प्रगतिनगरका राजाराम महतो कोइरीलाई पक्राउ गरिएको हो ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं. १३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले पक्राउ गरेको बताइएको छ । संयुक्त टोलीले वीरगञ्ज–३ प्रगतीनगरमा सञ्चालन गरेको सृष्टि किराना जेनरल स्टोरबाट लागूऔषध बरामद गरेको थियो ।

पाँचवटा कार्टुनमा अवैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराइड नामक लागूऔषध बरामद भएको हो । स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको बताइएको छ । 

सशस्त्रको टोलीका अनुसार कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाइएको जनाइएको छ ।