Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

सुदूरपश्चिम र कर्णालीमा वर्षा हुने

०८ सोमबार , पौष २०८१५ महिना अगाडि

सुदूरपश्चिम र कर्णालीमा वर्षा हुने

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट वर्षा हुनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्षकाे हिउँदकाे दोस्रो वर्षा आज रातिबाट सुरु हुने भएकाे हाे ।

विभागले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज साँझबाट पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएपछि वर्षा सुरु हुने बताएकाे छ । कर्णाली प्रदेशका पहाडी क्षेत्रमा राति साधारणतया बदली रही केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको पनि विभागले जनाएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेकाे छ । विभागका अनुसार बिहान कोसी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ भने बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

अहिले तराईलगायत पहाडी भू–भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज सुदूरपश्चिम, कर्णाली र कोसी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि विभागले जनाएकाे छ ।