Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

महानगरद्वारा न्यायिक सहजकर्ता (इन्टर्न)काे माग

०८ सोमबार , पौष २०८१५ महिना अगाडि

महानगरद्वारा न्यायिक सहजकर्ता (इन्टर्न)काे माग

न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूबाट काठमाडौं महानगरपालिकाले आवेदन माग गरेको छ । महानगरले केन्द्रीय कार्यालय र अन्तर्गतका वडा कार्यालयमा सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न आवेदन माग गरेको हो ।

न्यायिक सहजकर्ता (इन्टर्न)काे लागि कानून क्याम्पसमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीलाई आवेदन दिन सक्ने बताइएको छ । 

महानगरद्वारा जारी सुचना अनुसार काठमाडाैँ महानगरपालिका कानुन तथा मानव अधिकार विभागमा सुचना प्रकाशित मितिले १० दिन भित्र निवेदन दिन सक्ने बताइएकाे छ ।