Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पाँच महिनामा १३ अर्ब बढीको बिजुली भारत निर्यात

०८ सोमबार , पौष २०८१८ महिना अगाडि

पाँच महिनामा १३ अर्ब बढीको बिजुली भारत निर्यात

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा १३ अर्ब भन्दा बढी बिजुली भारत निर्यात भएको छ । ५ महिनामा १ अर्ब ७६ करोड युनिट विद्युत् भारत निर्यात हुँदा १३ अर्ब ४ करोड रुपैयाँ बराबरको बिजुली भारत निर्यात भएको हो ।

नेपाल विद्युत प्राधिकरणले साउन, भदौ, असोज, कात्तिक र मंसिरमा देशभित्र खपतगरी अतिरिक्त भएको वर्षायामको विद्युत् भारत निर्यात गरेको जनाएको छ । नेपाल-भारतबीचको सम्झौता अनुसार भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ३९ पैसा रहेको छ ।

प्राधिकरणका अनुसार बाढी पहिरो र सुख्खायामका कारण तुलनात्मक रुपमा विद्युत निर्यात घटेको बताइएको छ । साउनमा सबैभन्दा बढी ४ अर्ब १५ करोडको विद्युत् निर्यात भएको थियो भने त्यसपछिको महिनामा निर्यात घटेको तथ्यांकमा उल्लेख गरिएको छ ।

प्राधिकरणले चालू आवमा करिब ३० अर्ब रुपैयाँको विद्युत् निर्यातको गर्ने लक्ष्य राखेको छ । त्यस्तै प्राधिकरणले हिउँद सुरुभएसँगै नदी तथा खोलानालामा पानीको बहाव घट्ने भएकाले जलविद्युत आयोजनाहरुको विद्युत् उत्पादन कम हुने बताएको छ ।