Advertisement Banner
Advertisement Banner

०५ बिहिबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

०८ सोमबार , पौष २०८१८ महिना अगाडि

रवि लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको छ । लामिछानेविरुद्ध कास्की अदालतमा दायर सहकारी ठगी प्रकरण मुद्दामा आजदेखि थुनछेक बहस हुने भएको हो ।

अदालतमा आज गोला प्रथापछि न्यायाधीशको बेन्च तय हुने र बेन्चले सुनुवाइ सकिएपछि लामिछाने लगायतलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पूर्पक्षमा पठाउने भन्नेबारे आदेश दिनेछ ।
सरकारी वकिलको कार्यालय, कास्कीले रबि लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित ४४ जनाविरुद्ध आइतबार सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो ।

त्यसैगरी ५ जनालाई बिगो अनुसारको सम्पत्ति जफत गर्ने प्रयोजनका लागि मात्र प्रतिवादी कायम गरिएको छ । लामिछानेविरुद्ध भने सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा ३ वटा अभियोग पत्र दर्ता गरिएको छ ।

यसअघि सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय बालाजु काठमाडौंबाट पक्राउ परेका थिए ।