Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

नवनियुक्त पाँच राजदूतलाई पद तथा गोपनीयताको शपथ

०८ सोमबार , पौष २०८१५ महिना अगाडि

नवनियुक्त पाँच राजदूतलाई पद तथा गोपनीयताको शपथ

आज विभिन्न देशका लागि नवनियुक्त ५ राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराइएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।  

रुसी महासंघका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण लिएका हुन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा सम्पन्न शपथ ग्रहण कार्यक्रममा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।