Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

मौसममा आएको बदलीसँगै चिसो बढ्याे

०९ मंगलबार , पौष २०८१५ महिना अगाडि

मौसममा आएको बदलीसँगै चिसो बढ्याे

देशकाे पश्चिमी भुभागबाट सुरू भएकाे माैसम परिवर्तन देशभर फैलिन सुरू भएसँगै चिसाे बढ्न सुरू भएकाे छ । हिँजाे साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली सुरु भई विस्तारै देशभरको मौसममा असर पर्न थालेपछि चिसाे बढ्न सुरू भएकाे हाे ।

सोमबार साँझदेखि सुदूरपश्चिम प्रदेशमा बदली सुरु भएकाे जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाका अनुसार उक्त प्रणाली विस्तारै गण्डकी र लुम्बिनी प्रदेशसम्म पुगेपछि माथिल्लो भूभागतर्फ सर्दै जाने र प्रणाली केही कमजोर भए पनि यसको असर देखिने बताइएकाे छ ।

बुधबारदेखि प्रणाली कमजोर हुँदै जाने पनि महाशाखाले जानकारी दिएको छ । राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने र केही स्थानमा हल्का वर्षा हुने सम्भावना समेत रहेकाे बताइएकाे छ ।

अहिले पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव मुख्यतया सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा देखिएको र कोशी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ । आगामी २४ घण्टामा बागमती र मधेस प्रदेशका केही स्थान तथा कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

काठमाडौंको न्यूनतम तापक्रम ४.३ डिग्री सेल्सियस मापन गरिएको छ भने जुम्लामा तापक्रम माइनस ७.८ डिग्रीमा झरेको छ । महाशाखाका अनुसार देशका अन्य भागमा पनि न्यूनतम तापक्रम घट्दो क्रममा रहेको बताइएको छ ।