Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

फूलचोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

०९ मंगलबार , पौष २०८१५ महिना अगाडि

फूलचोकी जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा

पुष ८ गतेदेखि फूलचोकी जंगलबाट हराएका १३ जना प्रहरीको सम्पर्कमा आएका छन् । ललितपुरको गोदावरी नगरपालिकामा पर्ने फूलचोकी घुम्न गएका १३ जना जंगलबाट हराएका थिए ।

सोमबार फूलचोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएको सूचना पाए पछि प्रहरीले खोजी कार्य सुरू गरेकाे थियो । जंगलबाट हराएका १३ जनानै प्रहरीको सम्पर्कमा आएकाे ललितपुरका एसएसपी शेखर खनालले जानकारी गराएका छन् ।

एसएसपी खनालका अनुसार जंगलमा हराएका १३ जना प्रहरीको सम्पर्कमा आइसकेकाे र प्रहरीसहितको टोलीले उनीहरूलाई ल्याउँदै गरेकाे बताइएकाे छ । 

हरेक वर्ष हिँउदेयाममा फूलचोकी डाँडामा घुम्न जानेहरूको भिड लाग्ने गरेकाे छ । २७६१ मिटर अग्लो रहेको यो डाँडा काठमाडौं उपत्यका घेर्ने सबैभन्दा अग्लो डाँडा समेत हो ।