Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

हुम्लामा हिमपात सुरक्षित रहन आग्रह

०९ मंगलबार , पौष २०८१५ महिना अगाडि

हुम्लामा हिमपात सुरक्षित रहन आग्रह

गएरातिदेखि हुम्लामा हिमपात सुरू भएसँगै जनजिवन प्रभावित बनेका छन् । जिल्ला सदरमुकाम सिमकोट,उत्तरी नाम्खा गाउँपालिकासहित उच्च भेगमा एक फिटसम्म हिउँ परेकाे हाे ।

हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयका अनुसार जिल्ला सदरमुकाम सिमकोटमा लगायतका स्थनमा हिमपात भएको छ । जिल्लामा हिमपातसँगै चिसो अत्यधिक बढेको र चिसोका साथै हिमपात हुँदा आवतजावतमा समेत समस्या भएको अधिकारी पाण्डेयले जानकारी गराएका छन् ।

अहिले जिल्लाका नाम्खाका लिमी, यारी, हल्जी, तील, हिल्सा चालालगायत गाउँमा हिमपातले जनजीवन प्रभावित भएको छ । सदरमुकाम सिमकोटको तापक्रम अहिले ‘माइनस डिग्री’मा पुगेको छ भने जिल्लाको दक्षिण भेगमा वर्षा भइरहेको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेयले सम्भावित हिमपहिरो आउने आसपासका बस्तीमा सुरक्षित रहन आग्रह गर्दै हिमपात हुँदा वृद्धवृद्धा, बालबालिकालगायत सुरक्षित भएर बस्न समेत गरेका छन् ।