
क्रिश्चियन धर्मावलम्वीहरूले येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा मनाउने क्रिसमस डेमा सरकारले सार्वजनिक बिदा दिएकाे छ । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टकाे जन्मदिनको सम्झनामा यस समुदायका मानिसले क्रिसमस डे मनाउँदैछन् ।
आजभन्दा २ हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन इजरायलको वेथलेहेममा पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रुपमा मनाउने गरेकाे पाइन्छ ।
तीनवटै दिवस मध्ये मानिसलाई प्रेम गरेर आएकाले प्रेम दिवस, शान्ति स्थापना गर्न आएकाले शान्ति दिवस र मुक्ति दिन आएकाले मुक्ति दिवसका रुपमा आजको दिनलाई मनाउने गरिएको हाे । विश्वका धेरै मानिसले मनाउने क्रिसमस डे नेपालमा विसं २०६३ पछि महासंघले महोत्सवका रुपमा मनाउने थालेको हो ।
यसअघि क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको याे पर्वमा २०७८ सालदेखि सबैलाई सार्वजनिक बिदा दिन थालिएको हाे । हाल नेपालमा ३५ लाख क्रिश्चियन धर्मावलम्बी रहेको नेपाल ख्रिष्टियन महासंघले जनाएकाे छ भने १५ हजारभन्दा बढी चर्च बनिसकेको र नेपालमा क्रिश्चियनका १३ वटै सम्प्रदायका चर्च रहेको जनाइएको छ ।