
काठमाडौं महानगरपालिकाले बौद्धको हायात ग्राउण्डमा हुन लागेको सांगीतिक कार्यक्रममा विज्ञापन गरी राखिएका मदिराजन्य बोर्ड हटाएको छ ।
ग्राउण्डमा हुन गइरहेको कार्यक्रममा अनाधिकृत रुपमा विज्ञापन गरी मदिराजन्य बोर्ड राखिएको भन्दै महानगरले हटाएको हो ।
महानगरका अनुसार अनाधिकृत रुपमा राखिएका डेढ सय वटा मदिराजन्य विज्ञापन बोर्ड हटाइएको छ ।
यही कार्यक्रममा सहभागी हुन चर्चित भारतीय गायब सोनु निगम आज काठमाडौं आएका छन् । उनले साँझ कार्यक्रममा आफ्नो प्रस्तुति दिँदैछन् ।