Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

जाजरकोटमा भूकम्प गयाे

११ बिहिबार , पौष २०८१५ महिना अगाडि

जाजरकोटमा भूकम्प गयाे

आज बिहान जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान साढे ६ बजेकाे समयमा भूकम्प गएकाे हाे  

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार जाजरकोट केन्द्रबिन्दु भएर बिहान जाजरकोटको नायकवाडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको बताइएकाे छ । केन्द्रकाअनुसार भूकम्प ४.२ म्याग्निच्युडको हो ।

भूकम्पको धक्का आसपासका जिल्लामा समेत महसुस गरिएको थियो । यसअघि २०८० कात्तिक १७ गते जाजरकोटकै बारेकोट गाउँपालिका-१ रामिडाँडा केन्द्रविन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा डेढ सय भन्दा बढीको मृत्यु भएको थियो ।

गत मंसिर १५ गते पनि बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टरस्केलको भूकम्प गएको थियाे भने साेही महिनाकाे ६ गते बिहान कास्की र मनाङको सिमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको थियो ।