Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

११ बिहिबार , पौष २०८१५ महिना अगाडि

पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा

दैलेखमा जारी पेट्रोलियम पदार्थ अन्वेषणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म अन्वेषणको कामकाे ३ हजार ९ सय ३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भएको खानी तथा भूगर्भ विभागले जनाएकाे छ भने विभागका अनुसार अब ७० मिटर मात्र खन्न बाँकी रहेकाे छ ।

दैलेख जिल्लाको भैरवी गाउँपालिका-१, जलजले क्षेत्रमा गत वैशाख २८ गतेदेखि पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यास अन्वेषणका लागि ड्रिलिङकाे काम सुरू गरिएको थियो । हाल उक्त काम अन्तिम चरणमा पुगेकाे र पुष महिना भित्रमै काम सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीले जनाएका छन् ।

यसअघि चिनियाँ प्राविधिक टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ तोकिएकै समयमा सम्पन्न गरेको थियो । अव ड्रिलिङको काम पनि निर्धारित समय अगावै सम्पन्न गरिने पनि प्रमुख त्रिपाठीले बताएका छन् ।

उक्त परियाेजना चीन सरकारको २ अर्ब ५० करोड अनुदानमा सुरू गरिएकाे र परियोजनाअन्तर्गत ड्रिलिङका लागि भैरवी गाउँपालिका-१ जलजलेमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको थियो । हाल चिनियाँ र नेपाली गरी ८० जनाको समूहले उत्खनन गरिरहेको छन् ।