Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगी गर्ने दुईजना पक्राउ

११ बिहिबार , पौष २०८१८ महिना अगाडि

वैदेशिक रोजगारको प्रलोभनमा पारी ठगी गर्ने दुईजना पक्राउ

आकर्षक तलबको प्रलोभन देखाएर वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगि गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-२ कर्थली घर भई काठमाडौं नयाँबानेश्वर बस्ने ३५ वर्षीय रमेश खड्का र नुवाकोट विदुर नगरपालिका-३ घर भई काठमाडौँ कलंकी बस्ने ३६ वर्षीया पुन्यवती जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका २ जना मध्ये रमेशले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख रुपैयाँ र पुन्यवतीले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख १७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए । पीडितहरूको दिएको उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको थियो ।    

ठगीका आरोपित रमेशलाई काठमाडौँ महानगरपालिका-९ र पुन्यवतीलाई काठमाडौँ कलंकीबाट प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ ।