Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

१२ शुक्रबार , पौष २०८१८ महिना अगाडि

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन

भारतीय पूर्वप्रधानमन्त्री तथा अर्थशास्त्री मनमोहन सिंहको निधन भएको छ । पूर्वप्रधानमन्त्री तथा कांग्रेसका दिग्गज नेता सिंहको ९२ वर्षको उमेरमा बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

बिहीबार साँझ बेहोस भएपछि सिंहलाई एम्समा भर्ना गरिएकोमा राति ९ बजेर ५१ मिनेटमा निधन भएको बताइएको छ । भारतीय परम्परागत अर्थतन्त्रमा सुधार ल्याउने मन्त्रीको रुपमा चिनिएका सिंह भारतीय काँग्रेसबाट सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल लगातार प्रधानमन्त्री बनेका थिए ।

लामो समयदेखि बिरामी सिंहलाई बिहीबार साँझ स्वास्थ्य समस्या गम्भीर भएपछि अस्पताल भर्ना गरिएको थियो । सन् १९३२ सेप्टेम्बर २६ मा अविभाजित भारतको पञ्जाब प्रान्तको एक गाउँमा  साधारण किसान परिवारमा जन्मिएका सिंहले अर्थशास्त्र र राजनीतिमा असाधारण उपलब्धि हासिल गर्दै बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट अर्थशास्त्रमा पिएचडी गरेका थिए ।