Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

पच्चिस न्यायाधीशहरुको सरुवा

१२ शुक्रबार , पौष २०८१८ महिना अगाडि

पच्चिस न्यायाधीशहरुको सरुवा

आज न्याय परिषद्ले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशहरुको सरुवा गरेको छ । परिषद्को बैठकले उच्च अदालतका नाै र जिल्ला अदालतका १६ न्यायाधीशको सरुवा गरेको हो ।

उनीहरुको सरुवा तथा काज सिफारिस गरेको बताइएकाे छ । बैठकले विशेष अदालतमा रहेका न्यायाधीश खुशीप्रसाद थारुको उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा सरुवा गरेको छ भने उनको स्थानमा विदुर कोइरालालाई ल्याइएको छ ।

त्यसैगरि उच्च अदालत विराटनगर अन्तर्गतको अस्थायी इजलास ओखढुंगामा कार्यरत हरिप्रसाद भण्डारीको उच्च अदालत तुलसीपुरमा सरुवा भएको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको न्याय परिषद् बैठकले न्यायाधीशहरूकाे सरुवाको सिफारिस गरेको हाे ।