Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

चितवनमा रैथाने खाना महोत्सव सुरु

१२ शुक्रबार , पौष २०८१५ महिना अगाडि

चितवनमा रैथाने खाना महोत्सव सुरु

चितवन जिल्लाको पर्यटकीय क्षेत्र मेघौलीमा राष्ट्रिय रैथाने खाना महोत्सव सुरु भएको छ । भरतपुर महानगरपालिकाले भरतपुर भ्रमण वर्षका अवसरमा रैथाने खाना परिकारको पहिचान गर्ने उदेश्यले महोत्सव आयोजना गरेको हो भने उक्त महोत्सवको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले उद्घाटन गरेका थिए ।

रैथाने खाना परिकारको पहिचान गर्ने र आयआर्जन गर्न महोत्सवले टेवा पुग्ने उदेश्यले महोत्सवमा आयोजना गरेकाे बताइएकाे छ । महोत्सवमा बोटे,दराई,थारू,गुरुङ,मगर,नेवार लगायत विभिन्न समुदायको सहभागिता छ ।

पुष १६ गतेसम्म चल्ने महोत्सवमा विभिन्न जनजातिहरू पहिचान झल्कने खालका घरहरू र उक्त घरमा आआफ्ना समुदायको रैथाने खानाका परिकारहरू बनाएर बिक्री गरिएकाे छ । त्यस्तै महोत्सवमा रैथाने खानाका साथै विभिन्न समुदायको कला संस्कृतिहरू समेत प्रदर्शन गरिएको छ ।

त्यस्तै जनजातिहरूले कोदोको ढिडो, लोकल कुखुराको मासु, चिचर, घुँगी, माछा, योमरी, बारा लगायतका परिकारहरू राखेका छन । महोत्सवले स्थानी रैथाने परिकारको पहिचानका साथै पर्यटक प्रवर्द्धनमा मद्दत पुग्ने विश्वास लिएको छ ।