
पश्चिमी वायु र न्यून चापीय प्रणालीको आंशिक प्रभावका कारण आज सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा हल्का हिमपातको भएको छ । जल तथा पूवानुमान महाशाखाका अनुसार उक्त प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा समेत भइरहेको छ ।
त्यसैगरि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा पनि पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । दिउसाे देशभर साधारणतया बदली रहनुका साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरूमा लगायत कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहने बताइएकाे छ ।
महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक देखि साधारणतया बदली रहने छ । सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरू साथै कर्णाली प्रदेश र कोशी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुनुका साथै बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहकाे बताइएकाे छ ।
उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएकोले चिसोबाट बच्न सम्वन्धित सबैलाई आग्रह गरिएकाे छ ।