Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

विभागले ताेकेकाे ठाउँमै स्वास्थ्य परीक्षण गर्नु पर्ने

१३ शनिबार , पौष २०८१८ महिना अगाडि

विभागले ताेकेकाे ठाउँमै स्वास्थ्य परीक्षण गर्नु पर्ने

इजरायल जान छनौट भएका कामदारहरूले वैदेशिक रोजगार विभागले ताेकेकै ठाउँमा स्वास्थ्य परीक्षण गर्नु पर्ने भएकाे छ । इजरायल र नेपाल सरकारबिच भएको श्रम सम्झौता बमोजिम चिट्ठा प्रणालीबाट छनौट भएका कामदारहरूलाई ताेकिएकै ठाउँमा स्वास्थ्य परीक्षण गराउन भनेको हो ।

विभागकाे निर्देशन अनुसार चिट्ठा प्रणालीबाट छनौट भएका सहायक कामदार (केयर गिभर) हरूले ताेकिएकै ठाउँबाट स्वास्थ्य परीक्षण गराउन भनेको हो । विभागले पुस १७ गतेदेखि २३ गतेसम्म ५ वटा अस्पतालमा गएर स्वास्थ्य परीक्षण गराउनुपर्ने बताएकाे छ ।

जसका लागि नेपाल मेडिसिटी हस्पिटल, भैसेपाटी, स्टार हस्पिटल सानेपा, ह्याम्स हस्पिटल मण्डिखाटार, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल स्वयम्भू र क्रिस्टल डायग्नोस्टिक सिनामंगल रहेका छन् ।