Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, असार २०८३20th June 2026, 4:50:23 am

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

१३ शनिबार , पौष २०८१२ बर्ष अगाडि

कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन निर्देशन

एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा विद्यार्थीको विवरण अद्यावधिक गराउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रले निर्देशन दिएको छ । केन्द्रले देशभरका कक्षा ११ र १२ का विद्यार्थीको विवरण अद्यावधिक गराउन पालिकाकाे शिक्षा शाखालाई निर्देशन दिएको हाे ।  

विकास केन्द्रले यही पुस २२ गतेभित्र देशभरका सात सय ५३ वटै पालिकालाई पत्राचार गर्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीको विवरण अनलाइनमार्फत अद्यावधिक गराउन निर्देशन दिएको हो ।

केन्द्रले वैकल्पिक शिक्षा प्रणालीबाट भर्ना हुन आएका विद्यार्थी, बिचमा विद्यालय छोडेर पुनः भर्ना हुन आएका विद्यार्थी, विगत वर्षमा प्रणालीमा विवरण अभिलिखित नभएका विद्यार्थी, विदेशी नागरिकका बालबालिका विद्यार्थीहरूको विवरणसमेत समावेश गरी अद्यावधिक गराउँदै विवरण पेश गर्न सबै पालिकालाई निर्देशन दिएको हो ।