
दक्षिण कोरियामा विमान दुर्घटना हुँदा ४७ जनाको मृत्यु भएकाे छ । थाइल्याण्डको बैंककबाट उडान भरेको जेजु एयरको विमान दक्षिण कोरियाकाे मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएकाे हाे ।
विमान अवतरणकाेक्रममा धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको बताइएकाे छ । विमानमा १७५ यात्रु र चालक दलका ६ सदस्य रहेकाेमा दुर्घटनामा परि हालसम्म ४७ जनाको मृत्यु भएको पुष्टि भएको छ भने थप क्षतिको सम्भावना रहेको बताइएकाे छ ।
दुर्घटनाग्रस्त विमानबाट दुईजनालाई जीवितै उद्धार गरिएको र हाल उद्धार कार्य जारी रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अग्नि नियन्त्रक अधिकारीहरूले जनाएका छन् । दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोकले मुआन विमानस्थलमा ‘उद्धार कार्यका लागि सबै प्रयास’ गर्न आदेश दिएकाे बताइएकाे छ ।