
पोखरामा दोस्रो अन्तर्राष्ट्रिय ड्रागन डुंगा दौड प्रतियोगिता सुरू भएकाे छ । पुष १५ गतेसम्म चल्ने प्रतियोगितामा नेपालका ११ चीनका ८ र सिंगापुरका १ गरी २० वटा समूहकाे सहभागितामा डुंगा दौड प्रतियोगिता सुरू भएकाे हाे ।
गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजना तथा नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजनामा प्रतियोगिता सुरू भएको बताइएकाे छ ।
नेपाल र छिमेकी मुलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु भएकाे हाे । उक्त प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी १ सय २९ खेलाडी पुस ११ गते पोखरा आएका थिए ।