
छिमेकी मुलुक भारतमा जारी अन्तर्राष्ट्रिय खुला कराते प्रतियोगितामा नेपालले स्वर्णपदक जितेको छ । उमेर समूहको काता प्रदर्शनमा नेपालले पहिलो स्वर्णपदक जितेको हो ।
नेपालका खेलाडी सिद्धार्थ रानाले १० वर्ष उमेर समूहमा स्वर्णपदक जितेका हुन् । भारतीय राष्ट्रिय कराते संघको आयोजनामा भएको प्रतियोगितामा बंगलादेश, श्रीलंकालगायत भारतका विभिन्न क्षेत्रबाट १ सयभन्दा बढी खेलाडी सहभागी रहेका छन् ।
प्रतियोगिताअन्तर्गत महिला तथा पुरुष गरी १८ जना खेलाडी सहभागी खेलमा आज र भोलि विभिन्न उमेर र तौल समूहका खेलाडी बीच फाइनल खेल हुनेछ ।