Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस

१४ आइतबार , पौष २०८१५ महिना अगाडि

प्रतिनिधि सभाको सचिवमा हर्कराज राई सिफारिस

रिक्त रहेको प्रतिनिधि सभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्तिको लागि सिफारिस गरिएको छ । सभामुख देवराज घिमिरेले सचिवमा राईलाई नियुक्तिको लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका हुन् ।

सभामुख घिमिरेले आज बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरी संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिको लागि सिफारिस गरेको बताइएको छ । यसअघि प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले २०८१ मंसिर ९ गते राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो ।

झापाको शिवसताक्षी-२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।