
राष्ट्रवाद र राजतन्त्रवादका लागि सदैव खटिरहने पत्रकार, विश्लेषक, चिन्तक र लेखक हुन् युवराज गौतम ।
अहिले कस्तो छ युवराजजी ?
मेरो प्रश्नमा रोगग्रस्त गौतमले जवाफ दिए– किड्नी, मिर्गौला रोगले च्याप्दै लगेको छ । (माथितिर हेर्दै) अब त भिसा दिए हुन्थ्यो जस्तो लाग्छ ।
हामीले एकअर्कातिर हेराहेर ग¥यौं, दुबैका आँखा रसाए । छुट्टियौं । के राष्ट्रवाद र राजतन्त्रवादका लागि जीवन समर्पित गर्नेले आकाशतिरै हेरेर बस्नुपर्ने हो । तिनका लागि उपचारको बन्दोबस्त गरिदिने नैतिक दायित्व लिने राष्ट्रवाद र राजतन्त्रवादमा कोही छैनन् ?