Advertisement Banner
Advertisement Banner

२४ मंगलबार, चैत्र २०८२22nd March 2026, 9:09:46 am

काठमाण्डौमा राष्ट्रको लागि गित कार्यक्रम

१५ सोमबार , पौष २०८१एक बर्ष अगाडि

काठमाण्डौमा राष्ट्रको लागि गित कार्यक्रम

राष्ट्रवादीहरूको साझा संगठन (२०७७) नेपालले “राष्ट्रले केही माग्दैन, हामीसंग भएको दिने हो” शान्तीप्रिय, प्रजातन्त्रवादी देशभक्त, नेपाललाई विश्व सामु शान्ति क्षेत्रको प्रस्ताव राखेर ११६  राष्ट्रवाट उक्त प्रस्तावलाई समर्थन प्राप्त गरिबक्सेका जनप्रिय राजा श्री ५ महााराधिराज वीरेन्द्र वीर विक्रम शाहदेव सरकारको ८० औं  जन्म जयन्तिको अवसरमा र त्यागका प्रतिमूर्ति राजमाता श्री ५ मुमा वडामहारानी रत्न राज्यलक्ष्मी देवी शाह सरकारमा समर्पित राष्ट्रको लागि गित कार्यक्रम रत्नपार्क, काठमाण्डौमा सम्पन्न गरेको छ । 
निर्जीव वस्तुलाई पनि सजिव पार्न सक्ने शक्ति गित संगीतमा रहेका हुन्छ भन्ने भावनालाई उजागर गर्न आयोजित सभामा वरिष्ठ अधिवक्ता जुक्तिजंग लामिछानेले नेपालको धर्म संस्कृतिसंग राजा र राजसंस्था जोडिएको छ । राजा कतै गएको छैन त्यसैले हाम्रो राष्ट्रियता कमजोर पार्ने षडयन्त्र भैरहेतापनि षडयन्त्रकारीहरू अहिले असफल भैसकेको छ । राजा वीरेन्द्र जस्तो राष्ट्रिय, अन्तराष्ट्रिय क्षेत्रमा पकड र छवी भएको राष्ट्रिय व्यक्तित्व अब हामीले देख्न पाउँदैनौं, वहाँले एक दिन एक नम्बरका गणतन्त्रवादीहरू समेत नेपाली जनतासंग माफी मागेर हामीबाट ठुलो भूल भएको पश्चाताप गर्ने छन, राजसंस्था फर्काउने कार्यमा गणतन्त्रवादीहरू नै अघि बढ्नेछ भन्ने विस्वास व्यक्त गर्नु भयो ।
हाम्रो अभियानका ज्येष्ठ नागरिक विष्णुभक्त तण्डुकारको स्वर्गारोहण भएकोले वहाँको अभाव खड्कीन नदिनको लागि ज्येष्ठ नागरिक वेदनिधि डवाडी र नर बहादुर मल्ललाई भूमिका निर्वाह गर्ने जिम्मेवारी दिइयो । गणेश गिरी सनातनी, माता अम्बिका, ८३ वर्षका कृष्ण कुमार सिंह ठकुरी, पारुहाङ्ग कुथुमी राईले राष्ट्रिय भावनाका गितहरू पस्कनु भयो भने रत्नपार्कमै सांगितिक कार्यक्रम राख्ने तय गरेको छ । प्रमुख अभियन्ता, होम बहादुर थापा, स्ट्रेस हिमा, विष्णु सिंह डंगोल, प्रमोद अर्याल, कृष्ण पुडासैनी  आदिले श्रद्धाञ्जली मन्तव्य र पुष्प गुच्छा अर्पण गर्दै जनप्रिय राजा वीरेन्द्रको योगदानलाई हृदय छुने ढंगबाट २०३७ सालको जनमत संग्रह देखि वंश विनाश हुँदा सम्मको सम्पूर्ण बस्तुस्थितिलाई उजागर गरेको थियो । उक्त कार्यक्रम व्यवस्थापक शंकर मघैयाले संचालन गर्नु भएको थियो ।