Advertisement Banner
Advertisement Banner

०२ सोमबार, भाद्र २०८२16th June 2025, 6:20:04 am

आज ‘तमु ल्होसार’ मुलुकभर सार्वजनिक बिदा

१५ सोमबार , पौष २०८१८ महिना अगाडि

आज ‘तमु ल्होसार’ मुलुकभर सार्वजनिक बिदा

आज गुरुङ समुदायकाे विशेष पर्व ‘तमु ल्होसार’ नयाँ वर्षकाे अवसरमा सरकारले सार्वजनिक बिदा दिएकाे छ । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्दछन् ।

गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै मनाउने यस पर्वमा ‘ल्हो’को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित रहेकाे छ ।

गुरुङ समुदायकाे बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको किम्वदन्ती रहेकाे छ ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको पाइन्छ । ‘तमु ल्होसार’ काे अवसरमा टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रमको आयोजना गरेर याे पर्व मनाउँदै छन् ।