
एक वर्षदेखि विशेष उपचार र चिकित्सकको निगरानीमा रहेका अमेरिकी पूर्व राष्ट्रपति जिम्मी कार्टरको १ सय वर्षको उमेरमा निधन भएको छ । जिम्मी कार्टरको हिँजाे दिउँसो उनकाे आफ्नै निवासमा निधन भएको हाे ।
अमेरिकी इतिहासमा सबैभन्दा लामो उमेरसम्म बाँचेका राष्ट्रपति कार्टर गत अक्टोबर १ तारिखदेखि १ सय वर्षमा प्रवेश गरेका थिए । चीनसँग अमेरिकाको कूटनीतिक सम्बन्ध कायम गरेका उनले इजरायल र इजिप्टबीच शान्ति वार्ताको लागि आवश्यक वातावरण बनाउँदै क्याम्प डेभिड सम्झौता गराएका थिए ।
यसअघि राष्ट्रपति कार्टरले सन् २००२ को नोबल शान्ति पुरस्कार प्राप्त गरेका थिए । आफ्नो महत्त्वाकांक्षालाई गहिरो बुद्धि, गहिरो धार्मिक विश्वास र विलक्षण कार्य नैतिकताका साथ प्रयोग गरेका थिए ।
आफ्नो ८० को दशकमा कूटनीतिक मिसनहरू सञ्चालन गरेका र ९० को दशकमा गरिबहरूका लागि घरहरू निर्माण गरेका राष्ट्रपति कार्टर प्रजातन्त्र र मानव अधिकारको क्षेत्रमा सक्रिय थिए ।