Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

तीन उपसचिव सहसचिव बढुवामा सिफारिस

१५ सोमबार , पौष २०८१५ महिना अगाडि

तीन उपसचिव सहसचिव बढुवामा सिफारिस

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको बढुवा समितिले तीन उपसचिवलाई सहसचिवमा बढुवा सिफारिस गरेकाे छ । समितिले विभिन्न सेवा, समूह र श्रेणीका रिक्त पदमा उपसचिवहरूलाई बढुवा गर्ने निर्णय गरेको हो ।

लोक सेवा आयोगको सिफारिस अनुसार २०८१ पुष १४ गते बसेको बढुवा समितिको बैठकले कार्यक्षमता मूल्यांकनद्वारा हुने नेपाल कृषि सेवा/बाली संरक्षण समूह/नेपाल वन सेवा /फरेष्ट्र रिसर्च समूह  र नेपाल विविध सेवा/ सूचना प्रविधि विज्ञका लागि उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुने उम्मेदवारहरूमा फणीन्द्रराज देवकोटा, राजेश मल्ल र श्रीचन्द्र साह रहेका छन् ।