
माैसम बदलीसँगै हिउँ परेर जमेपछि कर्णाली राजमार्गको सातमोड सडक अवरुद्ध भएको छ । उक्त सडकमा हिउँ जमेपछि जिल्ला सदरमुकाम गमगढीबाट नेपालगञ्जतर्फ जाने सवारी साधन चल्न नसक्दा यात्रुहरू समस्यामा परेका छन् ।
हिउँ जमेका कारण गमगढीबाट नेपालगञ्जतर्फ जाँदै गरेका तीनवटा यात्रुबाहक बस फसेपछि नेपालगञ्ज जाने यात्रुहरू सडकमै अलपत्र परेका थिए । सडकमा जमेको बाक्लो हिउँ र बरफले गाडी अघि बढ्न नसक्दा सबै यात्रु रातभर जागै बस्नुपरेको र हाल उक्त सडककाे हिउँ पन्छाइएसँगै यातयात सुचारू भएकाे बताइएकाे छ ।
कर्णाली राजमार्गको उक्त सडक खण्डकाे घुच्चीलेक तथा रारा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भएर जाने भएकाले हिमपात र वर्षाका बेला रुख ढलेर बेलाबेलामा सडक अवरुद्ध हुने गरेको छ ।