
आज बिहान ७ बजेर ५४ मिनेट बैतडीमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ४.६ म्याग्निच्युडको भूकम्प गएको हाे ।
बैतडीको सिगास गाउँपालिकाको न्वाघर क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको अनुसन्धान केन्द्रले जनाएकाे छ । यसअघि पुष ११ गते बिहान साढे ६ बजे जाजरकोट केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएकाे थियाे ।
केही समयदेखि बझाङ, मनाङ, बाजुरा, दार्चुला र जाजरकोटमा भूकम्पका धक्का महसुस हुँदै आएको छ भने नेपालका पश्चिमी जिल्लाहरुमा लगातारजसो भूकम्पका धक्का गइरहेका छन् ।