Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

बिहानै सुनसरीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

१६ मंगलबार , पौष २०८१५ महिना अगाडि

बिहानै सुनसरीका विभिन्न स्थानमा शंकास्पद वस्तु फेला

सुनसरी जिल्लाकाे विभिन्न तीन स्थानमा शंकास्पद वस्तु फेला परेको छ । आज बिहानै इटहरी उपमहानगरपालिका कार्यलयको प्रवेशद्वार नजिकै, सुनसरी र मोरङको सीमानामा पर्ने बुढीखोलाको पुलमुनि र धरानको भोटेपुल नजिकै शंकास्पद वस्तु फेला परेको हाे ।

आज बिहानै उक्त स्थानमा शंकास्पद वस्तु फेला परेको र उक्त शंकास्पद वस्तु विष्फोटक पदार्थ अथवा बम हुन सक्ने प्रहरीकाे भनाइ रहेकाे छ । उक्त स्थानहरूमा कालो झोलामा राखिएको शंकास्पद वस्तुलाई पुष्टि र निस्क्रिय बनाउन नेपाली सेनाको बम डिस्पोजल टोली अहिले घटनास्थलमा पुगेको बताइएकाे छ ।

ठूलो आकारमा देखिएको वस्तु विष्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन । शंकास्पद वस्तुमध्ये उपमहानगरपालिकाको गेट नजिकैको शंकास्पद वस्तुलाई निष्क्रिय बनाइएको छ भने अन्य स्थानको शंकास्पद वस्तु निष्क्रिय बनाउन लागिएकाे प्रहरीले जनाएकाे छ ।