Advertisement Banner
Advertisement Banner

०७ मंगलबार, जेठ २०८२23rd July 2024, 10:09:55 am

पर्यटन आगमनमा बढोत्तरी झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए

१६ मंगलबार , पौष २०८१५ महिना अगाडि

पर्यटन आगमनमा बढोत्तरी झन्डै साढे ११ लाख पर्यटक नेपाल भित्रिए

कोरोना महामारीपछि सन् २०२४ मा अधिक पर्यटकले नेपाल भ्रमण गरेका छन् । नेपाल भित्रिएका नेपाल पर्यटन बोर्डका अनुसार २०२४ को डिसेम्बर ३१ तारिक बिहानसम्म  ११ लाख ४७ हजार २४ जना पर्यटक नेपाल भित्रिएका हुन् ।

सन् २०२४ मा सरदर ३ हजार पर्यटक भ्रमणमा आएको पर्यटन बोर्डका निर्देशक मरिणराज लामिछानेले जानकारी गराएका छन् । निर्देशक लामिछानेका अनुसार सन् २०२३ को तुलनामा १४ प्रतिशतभन्दा बढीले पर्यटक आगमन बढेको बताइएको छ ।

यसअघि सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । त्यसपछि सन् २०२० देखि २०२२ सम्म पर्यटक आगमन प्रायः ठप्प रहेकोमा कोरोना महामारीपछि २०२४ मा अधिक पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

राष्ट्रसंघिय विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ)को पछिल्लो छ महिनाको तथ्याङ्कअनुसार कोभिड–१९ पछि नेपालको पर्यटन ९६ प्रतिशतले पुनरुत्थान भएको बताइएको छ । नेपालमा पर्यटक भित्रिनुको मुख्य कारण विश्व बौद्ध सम्मेलन, नेपाल प्रिमियर लिग (एनपिएल), अन्तर्राष्ट्रिय ‘बेलुन’ महोत्सव, ‘ड्रागन बोट’ महोत्सवका लगायत राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा आयोजना भएका मेला र प्रदर्शनी लगायत रहेको बताइएको छ ।